
काठमाडौं । नेपालबाट बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा बढी हुँदा शोधानान्तर स्थिति पनि बचतमा गएको छ । चालु वर्षको १० महिनाको तथ्याङक अनुसार शोधनान्तर स्थिति २ सय १४ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ । तथापी, चालु खाता रु.५४ अर्ब ६७ करोडले घाटामा रहेको छ ।
नेपाल राष्ट्र« बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर स्थिति बचतमा रहेको छ भने चालु खाता भने घाटामा रहेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२ सय १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ सय ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।
त्यसैगरि, समीक्षा अवधिमा चालु खाता रु.५४ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५४५ अर्ब ६ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।
शोधानान्तर स्थिति र चालु खाता कुन महिनामा कस्तो ?
साउन रु.२२ अर्ब ६३ करोडले घाटामा रु.१६ अर्ब २६ करोडले घाटामा
भदौ रु.२३ अर्ब ६८ करोडले घाटामा रु.३७ अर्ब १८ करोडले घाटामा
असोज रु.१२ अर्ब ४३ करोडले बचतमा रु.३४ अर्ब २८ करोडले घाटामा
कार्तिक रु.२० अर्ब ३ करोडले बचतमा रु.३५ अर्ब ४० करोडले घाटामा
मंसिर रु.४५ अर्ब ८७ करोडले बचतमा रु.३७ अर्ब ९१ करोडले घाटामा
पुष रु.९७ अर्ब १० करोडले बचतमा रु.२९ अर्ब ४७ करोडले घाटामा
माघ रु.१३३ अर्ब २१ करोडले बचतम रु.२९ अर्ब ६४ करोडले घाटामा
फागुन रु.१४८ अर्ब ११ करोडले बचतम रु.४४ अर्ब ३१ करोडले घाटामा
चैत रु.१८० अर्ब १७ करोडले बचतमा रु.५१ अर्ब ८२ करोडले घाटामा
बैशाख रु.२१४ अर्ब ६७ करोडले बचतमा रु.५४ अर्ब ६७ करोडले घाटामा
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई रु.६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ३६ करोड मात्र आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ६५ करोड रहेको थियो ।
२०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी (ईसीएफ) अन्तर्गत दोस्रो किस्ता वापतको रु.६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको छ ।