प्रचण्डमाथि खनिए ओली, भारत भ्रमणबारे संगिन आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणबारे गम्भीर टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालका नदीहरुलाई कौडीको भाउमा बेचेर आएको गम्भीर आरोप लगाउदै सीमा विवादबारे बोल्न नसकेकाले भ्रमण उपलब्धिहीन भएको तर्क ओलीको छ ।

के प्रचण्डको भ्रमणबारे ओलीको यो किसिमको टिप्पणी पूर्णरुपमा ठिक हो त ?

एमाले अध्यक्ष केपी ओलीमाथि महाकाली सन्धि गर्दा नेपाललाई अहित हुने काम गरेको आरोप लाग्ने गरेको छ ।
महाकाली सन्धिबारे नेपालमा चर्चा धेरै हुने गरेको छ ।

समय–समयमा महाकालीको पानीको बारेमा समेत विवाद झिक्ने गरिएको छ । तर, त्यस्तो बेला ओलीले महाकाली सन्धिको बचाउ गरिरहेका हुन्छन् ।

उसोतः महाकाली सन्धिकै कारण एमालेमा विभाजन नै आएको तथ्य लुक्न सकेको छैन् । तर, भारतले नेपालको संविधानमाथि असन्तुष्टी जनाउदै लगाएको अघोषित नाकाबन्दीका बेला ओलीले भारतको खुलेरै विरोध मात्रै गरेनन्, उनले भारतीय प्रवृत्तिमाथि खरो प्रहार गरिरहे । त्यसपछि ओली एकाएक राष्ट्रवादी नेताको छविमा झुल्किए ।

तर, आफू प्रधानमन्त्री भएको बेला भारतीय रअ प्रमुखलाई बालुवाटार बोलाएर मध्यरातमा गोप्य वार्ता गरेको विषय सार्वजनिक भएसँगै फेरि उनीविरुद्धमा विभिन्न टिप्पणी नभएका होइनन् ।

यस्ता अवरोहको श्रृङ्खला पार गरेका ओलीले फेरि छिमेक कार्ड फाल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारतलाई कौडीको भाउमा नदी बेचेर आएको जिकिर गरेका छन् ।

भारतीय कम्पनीले नेपालमा जल विद्युतमा गर्ने भनिएको लगानीबारे प्रश्न उठाएका ओलीले नदी कौडीको भाउमा बेचेको मात्रै आरोप लगाएका छैनन, सीमा विवादबारे समेत गम्भीर प्रश्न ते¥स्याएका छन् ।

प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा मात्रै भएको भन्दै आलोचना गरिरहेका ओलीले प्रतिपक्षी दलको नेताको हैसियतमा नभई सामान्य नेताको रुपमा टिप्पणी गर्न थालेको आरोप माओवादी नेताहरुले लगाउने गरेका छन् ।

अझ माओवादी केन्द्र उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री जनार्दन शर्माले ओलीले सत्ताबाट बाहिरिनुपरेपछि विभिन्न टिप्पणी गर्ने गरेको आरोप नै लगाएका छन् ।

ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका छन् । तर, नेपाल विद्युत प्राधिकरणमा निर्देशक कुलमान घिसिङले भने यो तथ्यलाई अस्वीकार गर्ने गर्छन् । कुलमानले अन्तरदेशीय विद्युत व्यापारदेखि परियोजनामा भएका सम्झौताले नेपालको विद्युत क्षेत्रको विकास हुने दाबी गर्छन् ।

तर, यो विषयमा ओलीले राखेका धारणा भने अत्यन्तै फरक देखिन्छन् । आफूमाथि लाग्ने गरेको महाकाली सन्धिको आरोपलाई तथ्यहीनको संज्ञा दिने व्यक्तिले यसरी टिप्पणी गर्नु कति स्वस्थ्यकर हुन्छ ? यसले दुई छिमेकीबीचको सम्बन्धमा कस्तो असर पार्न सक्छ ? लगाएतका विषयमा सोच्न भने जरुरी छ ।

तथ्य र प्रमाणसहित ओलीले आरोप लगाएको भएमात्रै पनि यो विषय बहस छलफलमा आउने सम्भावना बलियो हुनसक्थ्यो ।

तर, आक्रोश पोख्ने नाममा जथाभावी बोल्दा यसले छिमेक सम्बन्धमात्रै नभई सिंगो मुलुकलाई पनि क्षति गर्नसक्ने डर उत्तिकै छ । यद्यपि सरकारले गरेका सम्झौता र विद्युत उत्पादनको विषय भने कार्यान्वयनसम्म कुर्नैपर्नेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top