अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट ल्याएका छाैँ : अर्थमन्त्री

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट ल्याएका छाैँ : अर्थमन्त्री

काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरे ।

“केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ”, उनले भने ।

निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको दाबी गर्दै अर्थमन्त्री महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे  । भने, “हाम्रा आकाङ्क्षाहरु धेरै छन् तर स्रोत र साधन सीमित छन्, भएका स्रोत साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ ।”

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा महतले पार्टीभित्र अनुशासन जरुरी रहेको पनि बताए । पार्टीभित्र एक अर्काप्रति आदर र सम्मान गर्ने परिपाटी राख्नुपर्ने भन्दै उनले कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *