गगनको आक्रोशले बिग्रिदै कांग्रेसको गणित, एक्लिदै गगन

गगनको आक्रोशले बिग्रिदै कांग्रेसको गणित, एक्लिदै गगन

काठमाडौं । करिब ७ दशक लामो लोकतान्त्रिक अभ्यासबाट आएको नेपाली कांग्रेस पछिल्लो समय गुटबन्दी र आन्तरिक कलहको जालोमा फस्दै गएको छ । कांग्रेसभित्र आन्तरिक लोकतन्त्र र पार्टीलाई सवलीकरण गर्ने विषय उठ्ने नोलौ कुरा त होइन । तर, पार्टीको १४ औँ महाधिवेशन पछि त झन पार्टी रुपान्तरणको बिषय जोडतोडले उठ्ने गरेको छ । तर, पार्टी विधान र यसले देखाएको परिधिभित्र नेताहरु अडिन नसक्दा कांग्रेस संकटभित्र मात्रै फसेको छैन, नेताहरुको अधैर्यता र अकर्मण्यतालाई समेत उजागर गरिदिएको छ ।

पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापा सार्वजनिक मञ्चमै सभापति शेरबहादुर देउवाविरुद्ध खनिन थालेका छन् । सभापति देउवाको कार्यशैली र आचरणकै कारण कांग्रेस इतिहासकै सवैभन्दा कमजोर धरातमा उभिएको महामन्त्री थापाको आरोप छ ।

सडक होस या सदन । थापाले कांग्रेस रुपान्तरणका लागि देउवा प्रवृतिलाई अपदस्त गर्नुपर्ने र त्यसका लागि विद्रोहको अपिल गर्ने गरेकै छन् ।

हरेक सार्वजनिक अभिव्यक्तिमा थापाले कांग्रेस कसैको बा र भगवानको पार्टी नभएकाले कांग्रेसमा देखिएको यथास्थिति, गुटबन्दी, परम्परावादी, व्यक्तिवादी र सत्तावादी चरित्रलाई चिर्ने संकल्प सहित आफु अगाडी बढीरहेको जिकिर गर्छन् । साथै उनले सभापति देउवाले नेतृत्व हस्तान्तरण गरेर पार्टी सुधारका लागि भुमिका खेल्नुपर्ने तर्क पनि गर्ने गरेका छन् ।

झट्ट सुन्दा महामन्त्री थापाका अभिव्यक्ति निकै सान्दर्भिक र लोकप्रिय लाग्न सक्छन् । तर, पार्टी भित्रकै वौद्धिक वर्गले भने उनको यो शैलीलाई स्विकार गर्न सकेको छैन ।

कांग्रेस भित्र रुपान्तरण र परिवर्तको बहस नौलो भने होइन । विगत लामो समय देखिनै नेतृत्वको कार्यशैली प्रति प्रश्न उठाउँदै संस्थापन इतर पक्षले विरोध गर्ने गरेको छ ।

कांग्रेस महामन्त्रीद्वयले यसअघि नै नेतृत्व प्रति खबरदारी गर्दै आएका थिए । तर, पछिल्ला दिनहरुमा जसरी पार्टी महामन्त्री पार्टीकै कार्यक्रममा नेतृत्व प्रति खनिने गरेका छन् यसले पार्टीको आन्तरिक लोकतन्त्र संकटमा पर्ने र जनताके नजरमा कांग्रेस अझैं तल पुग्ने धेरैको ठम्याई छ ।

लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टीको महामन्त्रीले आक्रोश र कुण्ठा भन्दा पनि विधान बमोजिम नै सभापतिलाई अपदस्त गराउन पहलकदमी लिन सक्नुपर्ने तर्कहरु आउन थालेका छन् ।

यता, सभापति देउवा स्वयंमले सभापतिको रुपमा आफ्नो यो अन्तिम कार्यकाल भएको र अब पार्टीलाई युवाहरुले नै जिम्मा लिनुपर्ने बताउदै आएका छन् ।

कांग्रेसको आन्तरिक जीवन नै धरमरमा पारेर गरिने विद्रोहले कार्यकर्ता तहमा भने नैराश्यता पैदा गरिरहेको छ । महामन्त्री पनि पार्टीको जिम्मेवार व्यक्ति हो ।

सार्वजनिक मञ्चबाट गरिने स्टन्ट भन्दा पार्टी बैठकमा नै गरिने नोकझोकले कांग्रेसलाई थप बलियो बनाउने तर्क कांग्रेसभित्र बलियो बन्दै गएको छ पार्टीको विधान, पद्धति र आन्तरिक लोकतन्त्रको वकालत सार्वजनिक मञ्चमा भन्दा पार्टी बैठकमै राखेर राफसाफ गर्न नसके जनस्तरमा समेत कांग्रेसप्रति वितृष्णा बढ्ने भन्दै थापाको शैली सच्चिनैपर्ने कतिपयले तर्क गर्न थालेका छन् ।

 

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *