कपिलवस्तुमा यातायात ब्यवस्था सेवा कार्यलय उद्घाटन ।

कपिलवस्तुमा यातायात ब्यवस्था सेवा कार्यलय उद्घाटन ।

मन्त्री सहसराम यादव र मन्त्री पुर्मती ढेङ्गामगर

फाल्गुन ४ कपिलवस्तु ।
 कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव तथा श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगामगरले संयूक्त रुपमा गर्नुभएको हो ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा बनाउन सफल भएको उहाँले बताउनुभयो । सेवा कार्यालयको लागि आवश्यक पर्ने जनशक्ति, जग्गाको व्यवस्थापन गर्न लुम्बिनी प्रदेश सरकारले बजेट उपलब्ध गराउने मन्त्री यादवले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो “कपिलवस्तुको विकासका लागि छोटो समयमा शिक्षा स्वास्थ्य, भौतिक पूर्वधारलगायतको क्षेत्रमा उल्लेखनिय विकास गरेका छौ ।”
कार्यक्रममा बोल्दै मन्त्री ढेगामगरले सेवाग्राहीलाई सहजताको लागि सो सेवा कार्यालयको स्थापना गरिएको बताउनुभयो । आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरण समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता उहाँले गर्नुभएको छ । “संघियताको मर्मलाई बुझेर उक्त सेवा कार्यालयको शुभारम्भ गरिएको छ,” उहाँको भनाइ छ ।
यस सेवा कार्यालयबाट विल बुक नविकरण, रुट प्रामिट, सवारी जाँच पास, पटके सेवा (अस्थाई रुट ईजाजत) लगायतको सेवा दिइने कार्यलयका प्रमुख राजन केसीले बताउनुभयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *