नयाँ ‘समाजवादी मोर्चा’मा एकीकृत समाजवादी पनि सहभागी हुने

नयाँ ‘समाजवादी मोर्चा’मा एकीकृत समाजवादी पनि सहभागी हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए । उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी गरे ।

‘समाजवादी मोर्चाको चर्चा सबैभन्दा बढी छ,’ उनले भने, ‘यो मोर्चा गठन गर्ने बारेमा हामीले लामो समयदेखि चर्चा गरिरहेका थियौँ । यस मोर्चालाई चाँडो भन्दा चाँडो घोषणा गर्नका लागि सबैको आन्तरिक बैठक पूरा भइसकेपछि आज हामीले समाजवादी मोर्चा नेपालको घोषणा नहुने तर चाँडै यसको घोषणामा सहभागी हुनेकुरा सर्वसम्मतिले घोषणा गरेका छौँ ।’

उनले संसदमा र संसदबाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवा–सुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको बताए । समाजवादी मोर्चामा अहिलेसम्म नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रहेको बताइको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *