काठमाडौं । ‘लुना जीपीएस’ ले आफ्नो प्रविधि भारतमा विस्तार गरेको छ ।
प्रविधि सबै देशको उस्तै रहने र सस्तोमा दिन सकेकोले भारतमा व्यापार गर्न सम्भव रहेको कम्पनीका सिइओ सुमन पौडेलले बताए ।
आगामी दिनमा बंगलादेश, भुटान र पाकिस्तानसम्म दिने योजना रहेका पनि उनले बताएका छन् । उनका प्रविधिमा नयाँ कुराहरु समावेश छन् । जस्तैः स्पीड कति छ, दिनभर कति दुरी चल्यो, कति इन्धन खपत गर्यो, गाडीबाट कति कति समयमा डाटा आयो, ओवर स्पीड कति बेला कुद्यो र कुन ठाउँमा कुदयो, तत्कालको स्पीड, लाइव त्रयाकिंग, पुरानो हिस्ट्री, ट्रीप समरी, प्ले बैँक जस्ता विशेषता रहेका छन् ।
यस्तै, गाडी कतै ठोक्किँदा या दुर्घटनामा पर्दा जानकारी दिने, धेरै टर्निंगमा गाडी गुड्यो भने जानकारी दिने, गाडी नजिक रहेको पेट्रोल पम्प, एटीएम, अस्पताल जस्ता कुरा एपमै देखाउने, गाडीको बिल बुकको अवधि सकिन लागेको जानकारी दिने, गाडीले मासिक गरेको खर्चको जानकारी दिने, गाडी सर्विस गर्नु पर्ने बेला भयो भनर जानकारी दिने, जस्ता नयाँ विशेषता थपिएको छ ।