मुगुका अधिकांश ब्यापारी करको दायराभन्दा बाहिर

  • दानबहादुर बुढा

मुगु। हिमाली जिल्ला मुगुमा रहेका व्यापारीहरुले राज्यलाई कर छली गरेको पाइएको छ । सदरमुकाम गमगढी बजार लगायत विभिन्न स्थानमा रहेका ठूला–साना बजार क्षेत्रमा ब्यापार ब्यवसाय गर्दै आएका ब्यापारीहरुले व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको पाइएको छ ।

दर्ता गरेका ब्यापारीहरुले पनि बिल नकाट्ने तथा सादा बिल प्रयोग गरी कर छली गरिरहेका छन् ।

स्थानीयको गुनासोको आधारमा गमगढी बजारमा रहेका पसलहरुमा स्थानीय प्रशासनको अगुवाईमा अनुगमन गरिएको छ । सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले २५ वटा ब्यवसायको अनुगमन गरेको हो ।

दैनिक उपभोग्य वस्तु विक्रि गर्ने पसलले मदिरा तथा सुर्तिजन्य वस्तु तथा हार्डवेयर सामान, फेन्सी जुत्ता एवम् फ्रेस हाउसमा तरकारी लगायत अन्य सामान राखेर विक्री गर्ने गरेको पाइएको छ ।

दर्ता नगरेका ब्यावसायहरु पहिलो पटक सुझाव दिएर छाडिएको छ भने म्याद गुज्रिएको सामान जफत गरी नष्ट गरिएको छ । १० हजार मूल्य बरावरको तरकारी मसला, मिटाई, जुस, टफि, कस्मेटिक सामान म्याद गुज्रिएको भेटिएकाले ती सामानहरु जफत गरी नष्ट गरीएको छ । दर्ता नभएको ब्यावसायहरुलाई १ हप्ता भित्र ब्यवसाय दर्ता गराउन निर्देशन दिइएको छ ।

करको दायरामा नआएका ती ब्यावसायीहरुलाई करको दायरामा ल्याउन आग्रह गरिएको छ । समितिले एक पटकका लागि मौका दिएर उनीहरुलाई करको दायरामा ल्याउन लागिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कृष्ण बोहोराले बताए ।

सरोकारवाला निकायहरुले यसअघि हरेक बर्षको एक दुई पटक वा दशै तिहार जस्ता महत्वपूर्ण चाडवाडकाबेलामा मात्रै संयुक्त बजार अनुगमन गर्ने गरेका थिए ।

अनुगमनका क्रममा म्याद गुज्रिएको सामान जफत गरी नष्ट गर्ने गरिए पनि कारबाही नगर्दा समस्या हुने गरेको छ । कर तिर्ने ब्यक्ति ब्यावसायीहरुले कर तिरी रहने तर कर नतिर्ने ब्यावसायीहरुलाई हरेक बर्ष छुट दिने गरेको स्थानीय ब्यापारीहरुको गुनासो छ ।

राज्यको कानुन बिपरीत कर छली गर्ने ब्यापारीहरुलाई करको दायरामा ल्याउन नियमित अनगुमन आवश्यक छ भने करको दायरामा नआएकाहरुलाई तत्काल करको दायरामा ल्याउन पनि जरुरी छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top