सहारा बाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विक्रम थकाली

सहारा बाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विक्रम थकाली

सहारा बाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विक्रम थकाली

पोखरा । पोखरा–९ बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विक्रम थकाली चयन भएका छन् ।

वडाध्यक्ष दीपेन्द्र मर्सानीको अध्यक्षतामा बसेको बैठकले सहारा क्लब पोखराका पूर्व अध्यक्ष थकालीको नेतत्वमा समिति गठन गरेको हो । यसअघि समितिमा अभिभावकतर्फबाट विकास बराल, जूना दर्जी र रामु बस्नेत, वडाबाट मनोनीत सदस्यबाट ठाकुरप्रसाद काप्री, समाजसेवी, बुद्धिजीवी एवं चन्दादाताको तर्फबाट सुशील लामिछाने, शिक्षक–प्रतिनिधि रुद्रबहादुर कार्की राजु र सदस्यसचिव विद्यालय प्रधानाध्यापक लोचना कुमारी अधिकारी चयन भएका छन् ।

विद्यालय निरीक्षक जीवनप्रसाद रेग्मी र वडा सदस्य नन्दराम गिरीको विशेष उपस्थितिमा विद्यालयको चौतर्फी विकासबारे छलफल भएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *