पुरकृत हुनेमा २०७९ को राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ व्यवस्थापन संकायको परीक्षामा ३.७५ जिपिएसहित कास्की जिल्ला भरिमै प्रथम स्थान हासिल गर्ने छात्रा तुलसी खत्री र २०७८ को बोर्ड परीक्षामा दोस्रो स्थान हासिल गर्ने छात्रा रोजिना थापा मगर छन् ।
विद्यालयले छात्राद्वय खत्री र थापामगरलाई क्रमशः ५० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान शुक्रबार गरी सम्मान गरेको हो ।
समारोहमा प्रथम अतिथि जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पोखराको शैक्षिक विकासमा न्यु मोडेलको पनि उल्लेखनीय योगदान रहेको बताए ।
पुरस्कारसहितको सम्मानले अरुलाई पनि प्रेरणा थप्न बनाउँदै उनले नैतिक र व्यावहारिक शिक्षाको आवश्यकतामा जोड दिए ।
स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले राम्रो पठन पाठनले नै उत्कृष्ट नतिजा दिने बनाए ।
पत्रकार सुरेश रानाभाटले प्रतिस्पर्धाले नै शैक्षिक विकास गर्ने बताए ।
समाजसेवी माया बरालले उत्कृष्ट नतिजाले सबैलाई सन्तोष र खुसी दिएको उल्लेख गरिन् ।
कार्यक्रमको अध्यक्षको आसनबाट विद्यालय निर्देशक भरतराज गौतमले विद्यालयले बहुआयामिक रुपमा अगाडि बढ्ने लक्ष्य राखेको बताए ।
विद्यालय प्राचार्य लक्ष्मण पोखरेलले कार्यक्रममाथि प्रकाश पारेका थिए ।
सम्मानीत छात्राद्वय तुलसी खत्री र रोजिना थापा मगरले सफलतामा सबैको सहयोग रहेको बताए ।
विद्यालय सञ्चालक सदस्य क्षेत्रबहादुर बसेल क्षत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सह–प्राचार्य पदम बस्ताकोटीले गरेका थिए ।