अमेरिकी राष्ट्रपति बाइडेनको पार्टीमा वकिलमाथि प्रतिबन्ध किन ?

अमेरिकी राष्ट्रपति बाइडेनको पार्टीमा वकिलमाथि प्रतिबन्ध किन ?

बासिंगटन डिसी । ह्वाइट हाउसले एक ट्रान्सजेन्डर अधिवक्तालाई प्रतिबन्ध लगाएको छ ।

अश्लिलता फैलाएको आरोपमा ट्रान्सजेन्डर वकिल रोज मोन्टोयालाई प्रतिबन्ध लगाएको हो ।

शनिबार साउथ लनमा भएको प्राइड इभेन्टमा मोन्टोया टपलेस भएकाले उनी माथी प्रतिबन्धको कारबाही गरिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रेस सेक्रेटरी करिन जीन पियरले भने, ‘ट्रान्स एड्भोकेट रोज मोन्टोयालगायत कार्यक्रमका सहभागीहरूले अनुपयुक्त व्यवहार गरे। आफ्नो परिवारसँग मनाउन त्यहाँ उपस्थित सयौं सहभागीहरूका लागि यो व्यवहार अनुपयुक्त थियो ।’

अधिवक्ता रोज मोन्टोयाले भिडियोमार्फत यसको जवाफ दिदैै क्षमा मागेकी छिन । उनले भनिन्, ‘म आफ्नो सत्यतालाई मात्र बाँचिरहेको थिएँ । कुनै पनि तरिकाले अश्लीलता फैलाउने मेरो मनसाय थिएन ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *