अन्तक्र्रियामा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई असल शिक्षा, असल वातावरण, सिप सिकाइ संस्कार र संस्कृति लगायतमा उत्प्रेरित गर्दै आएको बताए । उनले आफूहरुले जानीनजानी गरेका गल्ती निर्धक्कले भन्दिए वा सल्लाह दिए, त्यसको आत्मसाथ गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा शिक्षकले शिक्षण सिकाइ विधिबारे डिजिटल प्रस्तुति गरेका थिए । केही अभिभावकले बच्चाहरुको व्यवहारमा आएको परिवर्तन, विद्यालयका बारेमा लिएको चासो र आफैं केही गर्न उत्सुक भएका कुरा बताएका थिए । केहीले विद्यालयले बनाएका शैक्षिक रोडम्यापले पूर्णता पाउनेमा आशावादी रहेको बताए ।
यस्तै, कक्षा १ देखि ८ सम्म अध्यापन गराइरहेका शिक्षकका लागि ‘कक्षाकोठामा प्रविधि’ विषयक तालिम गरिएको थियो । भाइस प्रिन्सिपल मुकेशकुमार अधिकारीले विद्यालयमा पढाइका साथसाथै अनुशिक्षण, तालिम, नवीनतम् विधि र त्यसको उपयोगिताका बारेमा विद्यालय लागिपरेको बताए । उनले अमेरिकाबाट आएकी डा. टुन्डी चेपेईले शिक्षकलाई प्रविधिको उपयोग गर्दै कसरी शिक्षण सिकाइमा निखारता ल्याउनेबारेमा तालिम दिएको बताए । उक्त सेसनमा ४० जना शिक्षकले भाग लिएका थिए ।
डा. टुन्डी अमेरिकाबाट नेपालका लागि अंग्रेजी भाषा फेलो हुन् । तालिममा सहभागी शिक्षकहरुले प्रविधियुक्त शिक्षण विधिले अझ गुणस्तर वृद्धि हुने बताए ।