कफीको पहिचान बोकेको गुल्मी, आँपचौर र विद्यालयमासमेत कफी बगैंचा

  • प्रकाश ढकाल

गुल्मी । विश्वले चिनेको गुल्मी जिल्लामा, रुरु, रेसुङा, कोटेश्वर, मालिका, दिब्रुङ हुदै कफीको जन्मभुमी आपचौरनै यहाँका प्रमुख आकर्षणका केन्द्र हुन् ।

कुनै समय थियो, आपचौरका कृषकहरुको आम्दानिको प्रमुख स्रोत नै कफी उत्पादन थियो ।

गाउँका पाटा बारिमा दिखिने हराबरा कफीका बोटले यहाँको प्रकृतिमा सुन्दरता थपेको थियो । तर पछिल्ला बर्षहरुमा, गाउँ छोडि सहर र बेसी झर्ने लहर सङ्गै ओइलाउदै गएका कफीका बोटहरुले केही समय यता मल र जल पाएका छन् । कफीका बोट मासेर, अन्य खेती गर्ने किसानहरु पछुताएको बुझिन्छ ।

केही समययता कफी उत्पादनमा सकृय छन यहाँका किसान । कफिको महत्तो लाई पुस्तान्तरन गर्ने उदेस्यले, मुसिकोट नगरपालिका को वार्ड न ५, आपचौरको मिमिया फाँटमा अबस्थित मिमिया थुम प्रा.बिको परिसरमा कफी तथा फल्फुलका बिरुवा रोप्नको लागि असार ९ गते सनिबारको दिन पारेर, मिमिया बासी, जनसमुदाय, विद्यालयका शिक्षक मिलेर परिसरको सरसफाइ तथा खाल्टो खन्ने कार्यक्रम सम्पन्न भएको छ ।

असार लागे पनि खासै झरी नपरेको हुदा , केही दिन पछि , ती खाडलमा मल जल गरेर भिभिन्न प्रजातिका फलफूल तथा कफिका बिरुवा रोप्ने तयारी गरिएको छ ।

सोही वडाका जनप्रतिनिधि पारश्वर खरेलको अगुवाइ तथा विद्यालयको समन्वयमा कार्यक्रम भएको थियो ।

जनप्रतिनिधी पारश्वर तथा प्रअ यमुना खरेलका अनुसार वृक्षारोपण कार्यक्रमले विद्यालयको परिसर सुन्दर देखिने तथा कफी तथा फलफूलको महत्तो विद्यार्थीहरुमा बुजाउन सकिने बताए।

एक बिहानैबाट, कोटेश्वर युवा क्लबका युवाहरु तथा स्थानीय उपभोक्ताहरुको पनि वृक्षरोपण कार्यक्रममा उपस्थिती थियो ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top