नेपाल नेत्रज्योति संघ केन्द्रिय उपाध्यक्ष प्राडा दिल बहादुर क्षेत्रीको प्रमुख अतिथ्यता तथा हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा सुर्खेत आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. मनिष खतिवडा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कालिकोटका सभापति खडानन्द पाण्डे, जुम्लाका सभापति जगदीश चौलागाई लगायतले कर्णाली प्रदेशको आँखा स्वास्थ्य अवस्था, समस्याहरु, गर्नु पर्ने कार्यहरु सहित शुभकामना मन्तव्य व्यक्क्त गरे ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा संचालित देहायको आँखा उपचार केन्द्रहरुका प्रमुखहरुको सहभागिता थियो । केन्द्र प्रमुखहरुले आ–आफ्नो आँखा उपचार केन्द्रको प्रभाव क्षेत्रभित्र गत वर्ष प्रवाहित आँखा स्वास्थ्य सेवा, आगामी वर्षको योजना तथा सम्भावना र समस्या आदीको बारेमा प्रस्तुतीकरण गरे । आँखा उपचार केन्द्रको अवस्था र आगामी आर्थिक वर्ष २०८०।०८१ मा विभिन्न सरोकारवाला संघ संस्थाहरुको सहकार्यमा गर्न सकिने कार्यहरुको बारेमा छलफल भएको थियो । कार्यक्रमबाट आँखा उपचार केन्द्रहरुले आगामी आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरुको योजना तर्जुमा गरेको छ ।
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कर्णाली प्रदेशमा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा तथा स्थानीय तहबाट ९ वटा आँँखा उपचार केन्द्र सञ्चालित छन् ।