मोरङको बुढीगंगा गाँउपालिकाले ल्यायो ६४ करोडको बजेट

मोरङको बुढीगंगा गाँउपालिकाले ल्यायो ६४ करोडको बजेट

  • तारा आचार्य

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ६४ करोड ३७ लाख १ हजार ५ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कृषि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर शनिबार बुढीगंगा गाँउपालिकाले एक कार्यक्रम आयोजना गरेर आगामी आर्थिक बर्षको बजेट ल्याएको हो । सो गाँउसभाको बाह्रौ अधिवेशनमा उपाध्यक्ष अमृता कुमारी गच्छेदार अनुपस्थित भएपछि वरिष्ठ वडाध्यक्ष पंकज चौधरीले बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा आन्तरिक आयतर्फ ८ करोड ८६ लाख रुपैया र संघिय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट ५५ करोड ५० लाख संकलन गरिने बताइएको छ ।

गाँउ सभाको बैठक अघि गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगरले पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । सो कार्यक्रमा गाँउपालिकाका जनप्रतिनीधिहरु,कर्मचारीहरु र स्थानियहरुको सहभागिता रहेको थियो । १७ पालिका रहेको मोरङमा कटहरी गाँउपालिका,लेटाङ गाँउपालिका र बुढीगंगा गाउपालिकाले बजेट ल्याइसकेका छन् भने विराटनग महानगरपालिका र बाकी गाँउपालिकाहरुले भोली असार १० गते बजेट ल्याउने जानकारी दिएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *