विरौटामा युआरएलको शिविर, ७२० को सित्तैमा जाँच

विरौटामा युआरएलको शिविर, ७२० को सित्तैमा जाँच

पोखरा । युआरएल विरौटाले शनिबार आयोजना गरेको निशुल्क रक्त परीक्षण शिविरमा ७ सय २० जनाले सेवा लिएका छन् । पोखरा १७ विरौटामा युआरएलको सेवा सुरुआतको अवसरमा भएको शिविरमा सहभागीको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिएको हो ।

कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले वडामा खुलेको नयाँ शाखाले सबैलाई गुणस्तरीय र सरल तवरले सेवा दिने अपेक्षा गरिन् । उनले भनिन्, ‘जनसंख्याको हिसाबले ठूलो वडा हो यो । राज्यले गर्नुपर्ने काम निजी तवरबाट भएको छ । हामी निजी क्षेत्रबाट खुलेर पनि सामाजिक उत्तरदायित्व वहन गर्ने संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने छौं ।’

वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा अमृत रिजालले मधुमेह, थाइराइड, टिजी जस्ता समस्याबारे प्रकाश पारे । खानपान र व्यायाममा ध्यान दिए मधुमेह र थाइराइड दुवै रोग लाग्नै नदिन सहयोग पुग्ने र लागिहाले पनि सन्तुलनमा राख्न सकिने उनले औंल्याए ।

डा रिजालले भने, ‘मधुमेहले आँखा, मृगौला, मृटु र स्नायु प्रणालीमा पनि असर गर्छ । सुगरको आयु लामो हुँदै जाँदा समस्याहरु थपिँदै जान्छन् । खानपिनमा ध्यान दिने, वजन घटाउने गर्नुपर्छ । यसो गर्दा दुवै रोगको समस्या भएकालाई फाइदा पुग्छ ।’

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो, लोकप्रिय र एकमात्र आइएसओ सर्टिफाइड ल्याब भएकाले ल्याब क्षेत्रमा अगुवाइ गर्ने गरी काम गरिरहेको बताए । उनले भने, ‘विभिन्न संघ, संस्थासँग मिलेर शिविर र सामाजिक उत्तरदायित्वका काम गरिरहेका छौं । १७ शाखा र ७ कलेक्सन सेन्टरबाट सेवा दिइरहेका छौं ।

युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले स्वस्थ जीवनबिना समृद्धिको कल्पना हुन नसक्ने जनाए । उनले गुणस्तरीय प्रयोगशालाको सेवालाई जनस्तरसम्म पु¥याउन युआरएल लागिपरेको जनाए ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले अहिलेको व्यस्त जीवनशैलीमा पनि स्वास्थ्यमा हेलचेक्र्याइ गर्न नहुने उल्लेख गरिन । उनले भनिन्, ‘जीवन स्वस्थ बनाउन स्वास्थ्यमा ध्यान दिनै पर्छ । जब बिस्तारामा परिन्छ, तब स्वास्थ्यको महत्व महसुस हुन्छ । त्यस्तो अवस्था आउन नदिऔं ।’ युआरएलले अहिलेसम्म डेढ लाखभन्दा बढीको सित्तैमा परीक्षण गरिसकेको जनाउँदै उनले सेवा लिन राजधानी जानुपर्ने महंगा र संवेदनशील खालका रगतका जाँचहरु युआरएलले यही सम्भव बनाएको उल्लेख गरिन् ।

शिविरको संयोजन विरौटका सचिवका शशिधर पौडेलले गरेका हुन् । शिविरमा अरु सबै प्रकारका जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । शनिबार स्याम्पल दिएकाहरुको बुधबार रिपोर्ट वितरण गरिने युआरएल विरौटा सचिव पौडेलले बताए । शनिबारको जाँचमा समस्या देखिएर थप जाँच गर्नुपर्ने अवस्था आएमा पनि छुट दिइने उनले उल्लेख गरे ।

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले विभिन्न संघ, संस्थासँगको सहकार्य र आफैंले गर्ने शिविरमा यो १ सय ४९ औं हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *