रुसले गर्याे आत्मसमर्पण बेलारूसमा शरण लिने

रुसले गर्याे आत्मसमर्पण बेलारूसमा शरण लिने

काठमाडौं ।

रूसमा विद्रोहको नेतृत्व गरेका वागनर समूहका प्रमुख यभगेनी प्रिगोजिनले बेलारूसमा शरण लिने भएका छन्। बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको वार्तापछि प्रिगोजिन बेलारूसमा शरण लिन लागेका हुन्।

विद्रोहको घोषणा गर्दै मस्कोतर्फ अगाडि बढेको रुसको निजी सैन्य समूह वाग्नर पछाडि हटेको छ । रुसको रोस्तोभ सहरमाथि नियन्त्रण कायम गरेको वाग्नर समूह पछिल्लो २४ घण्टाभित्रै नाटकीय रुपमा पछि हटेको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती खडा गरेको विद्रोही फौजका कमान्डर यभ्गेनी प्रिगोजिनले मस्कोतर्फको यात्रा रोक्न आदेश दिएका हुन् ।

वाग्नर समूहका सैनिकहरु नियन्त्रणमा लिएको भनिएको रोस्तोभ सहरबाट पनि बाहिर निस्कन थालेका छन् । रक्तपात हुन सक्ने अवस्थालाई ध्यानमा राखेर तत्काललाई आफ्नो सेनालाई फिर्ता बोलाइएको प्रिगोजिनले जनाएका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर पेरोसेन्कोले वाग्नर समूहको नेतृत्व गरिरहेका प्रिगोजिनलाई थप अगाडि बढ्नबाट रोक्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पेरोसेन्को र प्रिगोजिनबीच लामो वार्ता भएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *