विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट

विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट

  • तारा आचार्य

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य लाई प्राथमिकतामा राख्दै असार १० गते आइतवार विराटनगर महानगरपालिकामा आयोजित नगर सभाको १२ औँ अधिवेशनलाई सम्बोधन गदै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले चालू आर्थिक वर्ष भन्दा करिब ३४ करोड न्यून बजेट सार्वजनिक गरेकी हुन् ।

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

विराटनगर महानगरपालिकाले पूर्वाधार विकास क्षेत्र तर्फ १ अर्ब ६५ करोड ५५ लाख, आर्थिक विकास तर्पm ३ करोड ९६ लाख, सामाजिक विकास तर्फ ८५ करोड २० लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ३ करोड ५ लाख र वातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड ७२ लाख रुपैया विनियोजन गरेको छ । यसैगरी कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ६८ करोड रुपैया छुट्याएको छ ।

हामी सबैको रहर, शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर भन्ने सोच कार्यान्वयन गर्न विराटनगर महानगरपालिकाले तीन वर्षे कार्यनीतिक योजना पनि अघि सारेको छ ।

स्थानीय पालिकाहरुले असार १० गतेसम्म बजेट ल्याउनु पर्ने प्रावधान अनुसार नै महानगरले बजेट ल्याएको हो । एउटा महानगर सहित मोरङका १७ वटै पालिकाहरुले बजेट ल्याएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *