नीरफूलले अनगिन्ती प्रश्न उठाएको छ : मन्त्री किराँती

नीरफूलले अनगिन्ती प्रश्न उठाएको छ : मन्त्री किराँती

पत्रकार पूmलमान वलद्वारा निर्देशित नीरफूलले प्रशंसा पाइरहेको छ।

यस क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गत शनिबार दयाहाङ राई स्टारर यने सोसल डझामा कलाकारहरुसँगै बसेर हेरे।

मन्त्री किराँतीका साथ निर्देशक वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङ सिभिल मलस्थित क्यूएफएक्सको हलमा दर्शकका बीच बसेका थिए। पूरै समय बिताएर फिल्म हेरेका मन्त्री किराँतीले फिल्म हेरेपछि यसको प्रशंसा गरेका छन्।

फिल्म हेरेर मन्त्री किराँती यती धेरै प्रभावित भए कि उनले फेसबुकमा स्ट्याटस नै लेखे। ञफिल्म नीरफूल हेरेपछि भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःखजस्ता अनगिन्ती प्रश्न उठाएर गएको छ। मुख्यतः शहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ, मन्त्री किराँतीले फेसबुकमार्फत तस्वीर सेयर गर्दै प्रशंसामा लेखेका छन्।

२०७२ सालको भूकम्पको सेटिङमा कथा भनिएको फिल्मले उक्त विपत्तिपछि धादिङको रुबी भ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र विछोडको दुखान्त पेश गर्छ। प्mयामिली मिसिङको कथासँगै राज्यप्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको फिल्म गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको छ। फिल्मले मौलिक, यथार्थपरक र सिस्टम भर्सेस भुइँमान्छेको सन्दर्भ उठान गरेको भन्दै प्रशंसा पाइरहेको छ।

दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन लगायतले अभिनय गरेको फिल्म नेपाल म्यानमार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *