भन्सार एजेन्टहरू रोजगारी खोसिएपछि धर्नामा उत्रिए

भन्सार एजेन्टहरू रोजगारी खोसिएपछि धर्नामा उत्रिए

काठमाडौँ । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना गरेको छ ।

आईतवारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेको भन्दै धर्नामा बसेका हुन् ।

भन्सार एजेन्ट प्रतिनिधि संघका प्रतिनिधिहरुले भन्सार एजेन्ट प्रतिनिधिहरुलाइ राज्यले उचित व्यव्स्थापन गर्नु पर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै आन्दोलन तथा धर्ना दिनुपरेको बताए । देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था कायम गर्न माग गरेका हुन् ।

भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३०० जनाको रोजगारी खोसिएको बताए । उनले ३०० जनाको रोजगारीको ग्यारेण्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको बताउँदै आन्दोलनमा व्यवसायी संस्थाहरु सबैको साथ सहयोग रहेको जिकिर गरे ।े सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनको चेतावनी छ ।

धर्नामा मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत षड्यन्त्रपूर्वक भन्सार एजेन्टका रुपमा काम गर्न पाउने व्यवस्था खारेज गरेको बताए । उनले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेर सरकारले ३०० जनालाई सडकमा ल्याएको बताए ।

त्यस्तै धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरु हटाएर भन्सार प्रतिनिधिहरुको रोजगारी माथि लात हानेको बताए । उनले २५ देखि ३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्वपूर्ण योगदान दिएको बताए ।
भन्सार प्रतिनिधिहरुले पटकपटक भन्सार विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाई नगर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । राज्यको यस्तो नीतिले गर्दा विगत २३ दिनदेखि नै भन्सार प्रतिनिधिहरुले कामकाज गर्नबाट वञ्चित भएको बताए ।

धर्नामा हाम्रो रोजगारीको सुनिश्चित गर,संविधान प्रदत्त अधिकार कायम गर्,हान्यो वाण प्रतिनिधि जत्थामा,अन्धो सरकार बस्या छ सत्तामा,विभेतकारी ऐन संशोधन गर् भन्ने नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *