११ असार बहादुरगन्ज ।
कृष्णनगर नगरपालिकाको सहयोग र ग्रामीण स्वावलम्बन विकास केन्द्रको आयोजनामा तीन महिनासम्म संचालन भएको महिलाहरुको स्वरोजगारका लागि ३ महिने सिलाई कटाइ तालिम सम्पन्न गरी आज समापन गरिएको छ । वार्ड नम्बर ७,८,९ का गरि जम्मा २० जनालाई सो बितरण गरिएको छ । नगरप्रमुख रजत प्रताप शाहको प्रमुख अतिथि रहेको सो समापन कार्यक्रममा वार्ड अध्यक्ष सतिश हरिजन , राजकिशोर यादव कार्यक्रममा स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्दै आउने बजेटमा एडभान्स लेबलको तालिम गराएर पुर्ण रोजगार योग्य बनाउने प्रतिबद्धता जनाउनु भएको थियो ।