आलिया हाउभाउका कारण आलोचित

आलिया हाउभाउका कारण आलोचित

बलिउड अभिनेत्री आलिया भद्म बलिउडमा अभिनयमार्फत दर्शकको मन जितेपछि हाल हलिउड फिल्ममा देखिने तयारीमा छिन्।

आलिया यतिबेला आफ्नो हलिउड प्रोजेक्ट हार्ट अफ स्टोनको प्रचारमा व्यस्त छिन्। प्रचारको क्रममा उनले हलिउड सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ताका कारण उनी अहिले सामाजिक सञ्चालमा चर्चामा छिन्। उनी अन्तर्वार्तामा बोलेका शब्दका कारण नभई हाउभाउका कारण आलोचना खेपिरहेकी छिन्। हालै उनले आफ्ना सहकर्मी तथा हलिउडकी दिग्गज अभिनेत्री ग्याल ग्याडट तथा जेमी डोर्ननका साथ दिएको अन्तर्वार्ताको एक सानो अंश सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

भिडियोमा आलियालाई निकै चिन्ता र बेचैनीमा देखिन्छ। यस्तो लाग्छ कि, उनलाई उक्त अन्तर्वार्तामा मनै लागिरहेको छैन। भिडियोमा पत्रकारले अभिनेत्री ग्याल ग्याडोटलाई तपार्इं आफ्नो काम तथा पारिवारिक जीवन कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने प्रश्न गर्छन। उक्त प्रश्नको जवाफ दिइरहँदा आलिया भने आफूमा छटपटी भएको आउभाउमा देखिएकी छिन्। उनी कहिले आफ्नो कपाल यताउता गर्छिन् त कहिले अनुहार कन्याउने तथा अनुहारको हाउभाउ विभिन्न प्रकारको बनाउने गर्छिन्। सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएपछि मानिसहरुले उनको यस खालको व्यवहार निकै अव्यावसायिका भएको र हलिउडका दिग्गज कलाकारका अघि उनको यस्तो क्रियाकलाप नसुहाएको भन्दै असन्तोष जनाएका छन्। मानिसहरुले आलियाले हलिउडमा गएर बलिउडको बेइज्जत गरेको भन्दै उनको प्रस्तुत हुने शैली निकै लाजमर्दो रहेको जनाएका छन्।

केहीले भने यसभन्दा अघि पनि प्रियंका चोपडा, दीपिका पादुकोण, अलि फजललगायतले अन्तर्राष्ट्रिय मञ्चमा अन्र्तवार्ता दिएको र ती हेर्नमा आनन्ददायक भए पनि आलियाको अन्तर्वार्ता हेर्न लायक नरहेको प्रतिक्रिया दिएका छन्। आगामी अगस्टमा नेटफिल्क्समा रिलिज हुने फिल्म हार्ट अफ स्टोनभन्दा अघि उनी करण जोहरको फिल्म रकी और रानीकी प्रेम कहानीमा मा देखिने छिन्। जुन फिल्म २९ जुलाईमा सिनेमा घरमा प्रदर्शन हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *