दिल्लीका पत्रकारमाझ परस्त्री टिम नेपालमा नेपाली भाषामा मात्र रिलिज हुने

दिल्लीका पत्रकारमाझ परस्त्री टिम नेपालमा नेपाली भाषामा मात्र रिलिज हुने

आगामी शुक्रबार देशसँगै विदेशमा पनि रिलिज हुने फिल्म परस्त्रीको टिमले भारतको राजधानी दिल्लीमा पत्रकार सम्मेलन आयोजना गरी फिल्मबारे त्यहाँको सञ्चार माध्यमलाई जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा सिनेमा हेर्न नेपालमा मात्रै नभई भारतका दर्शक उत्साहित रहेको दिल्लीबाट परस्त्रीका निर्देशक सुरज पाण्डेले बताए। निर्देशक पाण्डेले त्यहाँका स्थानिय पत्रकारसँग परस्त्रीको कथा युनिभर्सल भएको दाबी गरेका छन्। यस्तो कथामा अहिलेसम्म नेपालमा फिल्म नै निर्माण नभएको दाबी गर्दै यसको प्रस्तुति भने नेपाली दर्शकको स्वादअनुसार प्रस्तुत गरिएको निर्देशक पाण्डेले बताए।

त्यसैगरी, अभिनेत्री शिल्पा मास्केले परस्त्रीले आप्mनो करियर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरिन्। उनले अवसर पाएको खण्डमा आफू बलिउड सिनेमामा समेत काम गर्न इच्छुक रहेको बताइन्। अभिनेता गौरव विष्टले परस्त्रीजस्तो फिल्ममा काम गर्न पाउनु आप्mनो लागि ठूलो अवसर भएको जनाउँदै भारतीय दर्शकलाई नेपाली फिल्मलाई पनि बलिउड सिनेमा जत्तिकै माया गरिदिन आग्रह गरे। निर्मात्री शर्मिला पाण्डेले परस्त्रीलाई भारतीय दर्शकले मन पराएको खण्डमा अर्को फिल्म पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन्।

यसैबीच, मंगलबार निर्मात्री पाण्डेले परस्त्री नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी गराइन्। नेपाल र भारतमा एकसाथ रिलिज हुने भएकाले पनि फिल्मप्रति दर्शकको अपेक्षा उच्च छ। विवाहपछि सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्मित फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन्। शर्मिला पाण्डेका साथ निर्माता निर्देशक दीपेन्द्र के खनालद्वारा निर्मित फिल्ममा लेखन खनालकै रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *