धरानमा गायिका भट्टराई र राई तथा गीतकार तमोट सम्मानित

धरानमा गायिका भट्टराई र राई तथा गीतकार तमोट सम्मानित

धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा हालै धरानको चुम्लुध्र हिमको हलमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा लोकप्रिय गायिका लोचन भद्मराई र हर्ष राईलाई सम्मान तथा गीतकार एवं संगितकार श्याम तमोटलाई अभिनन्दन गरिएको छ। एक दशकअघि स्थापित प्रतिष्ठानले दशौं वार्षिकोत्सवको अवसरमा केक काटेर सेलिब्रेटिङ वल्र्ड म्युजिक डे २०२३ कार्यक्रम आयोजना गरी संगीतकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरको हो। कार्यक्रममा प्रतिष्ठान र वडा नं २ का अध्यक्ष रमेश राई, संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, तथा सल्लाहकार गायक दीप श्रेष्ठबाट गीत–संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भद्मराई र राईलाई सम्मान तथा गाउँ–गाउँबाट उठलगायत थुप्रै कालजयी गीतका सर्जक गीतकार तथा संगीतकार श्याम तमोटलाई अभिनन्दन गरेको हो।

धरानकी गायिका लोचन भट्टराईले आफूले अहिलेसम्म पाएको एक सय ३५ अवार्ड र सम्मानभन्दा पनि आप्mनो घरको सम्मान जीवनकै उल्लेखनीय सम्मान भएको जनाउँदै आप्mना लोकप्रिय गीतहरु टाढा –टाढा नभई जाऊ तिमी, माया गर्नेको, गरिबको चमेली, खोटाङ जिल्लालगायतका गीत प्रस्तुत गरेकी थिइन्। त्यस्तै, गायक दीप श्रेष्ठले साहिली बरी, मेरो आँखामा, हुँ यात्री म एउटालगायतका चर्चित गीतहरु गाएका थिए। दुवैले मेयर साम्पाध्रको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा मेयर साम्पाध्रले धरानको गीत, संगीतको क्षेत्रको उत्थानको लागि आवश्यक सहयोग गर्ने वचनबद्धता गर्दै हाम्रो धर्ती हाम्रो आकाश बोलको गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय कलाकारले समेत गीत प्रस्तुत गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष राईले संस्थाको संरक्षक धरान उप+महानगरपालिकाका मेयर रहने व्यवस्था गरिएको जानकारी दिँदै गीत, संगीतको विकासको लागि उप–महानगरपालिकाबाट आवश्यक बजेट विनियोजना गरिदिन आग्रह पनि गरे। उनले प्रतिष्ठानलाई संगीत एकेडेमीको रुपमा अघि बढाउने योजना सँगै धरानको शान गायक दीप श्रेष्ठको नाममा दीप श्रेष्ठ ट्रस्टसमेत स्थापना गरिने बताए। इक्सा मादेन र प्रमोद पोर्तेलले सञ्चालन गरेको कार्यक्रम धरान संगीत प्रतिष्ठानको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा सम्पन्न भएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *