कलाकर्मीलाई संगीत नाट्य पुरस्कार

कलाकर्मीलाई संगीत नाट्य पुरस्कार

उपराष्टझपति कार्यालय लैनचौरमा मंगलबार आयोजित समारोहमा उपराष्टझपति रामसहाय यादवद्वारा नेपाली संगीत, नृत्य तथा नाट्य क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका कलाकर्मीलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ बाट पुरस्कृत गरिएको छ।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा सम्पन्न समारोहमा लोक संगीत विधामा नविन किशोर राई, संगीत विधामा गणेश रसिक, परम्परागत तथा शास्त्रीय संगीत विधामा विजयकुमार श्रेष्ठ, रंगमञ्च विधामा भैरव क्षत्री, नृत्य विधामा कुलमान नेपाली र नाट्य विधामा नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई जनही एक लाख एक रुपैयाँ नगदसहित नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ प्रदान गरियो।

समारोहमा उपराष्टझपति यादवले प्रतिष्ठानले संवैधानिक व्यवस्थाअनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधालाई थप समृद्ध र उन्नत बनाउनुपर्नेमा जोड दिए। प्रतिष्ठानकी कुलपति निशा शर्माले कला स्थिर तत्व भएकाले कलाकारको माध्यमबाट मात्रै चलायमान कुने चर्चा गरिन्।

पुरस्कृतहरुको तर्पmबाट गणेश रसिकले प्रतिष्ठानको पूर्वसदस्य सचिव भएको नाताले हाल प्रतिष्ठान आप्mनै भवनबाट सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै मौलिक संगीत नृत्य तथा नाटकमा दशकौं योगदान गर्ने श्रष्टा तथा कलाकारलाई प्रतिष्ठानको आजीवन सदस्य बनाउन सुझाए। समारोहमा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समारोहको सहजीकरण सदस्य सचिव कुश्मा महराले गरेकी थिइन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *