अस्ट्रेलियामा नेपालको हेरिटेज अफ फेसन

अस्ट्रेलियामा नेपालको हेरिटेज अफ फेसन

फिल्म निर्माता सन्तोष अधिकारीले हेरिटेज अफ फेसनको अस्ट्रेलियास्थित तास्मानिया संस्करण सम्पन्न गरेका छन्।

पहिलोपटक तास्मानियाको होबार्टमा सम्पन्न हेरिटेज अफ फेसनमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लुमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सीआर जोन केलीलगायतका स्थानीय सांसददेखि मेयरसम्म सहभागी थिए। यस्तै, नेपालबाट विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी, डझेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु सहभागी थिए।

आसाप इन्टरटेनमेन्टको आयोेजनामा थ्रेटर रोयलमा सम्पन्न नेपाली समुदायको पहिलो कार्यक्रममा रहेको निर्माता अधिकारीले बताए। हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा र्याम्प नापेका थिए। कार्यक्रममा परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धि, जीवन्त सम्पदा झल्काएको दाबी आयोजको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *