फोनेपेले आफ्नो नेटवर्कमा ‘नमस्ते पे’ लाई गर्‍यो आबद्द

काठमाडौं । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यु–आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यु–आर भुक्तानी गर्न सक्छन् ।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, “फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यु(आर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।”

प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने हाम्रो भिजनमा यो साझेदारी हत्वपूर्ण रहेको छ । नमस्तेपेसँगको साझेदारीले, हाम्रा ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको छ भने हाम्रो समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको छ ।

त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, “फोनपेनेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ । हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ । यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।”

फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तर(बैंक व्यक्ति–देखि(व्यक्ति (पर्सन टु पर्सनः पि टु पि) र व्यक्ति(देखि(व्यवसायी (पर्सन टु मर्चेन्टस् पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ । फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटरः पि एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हालपनि राष्ट्र बैंकद्वारा नियमन गरिँदै आएको छ । ‘पि सि आइ डि एस् एस्’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैर(कार्ड(आधारित ‘पि एस् ओ’ पनि हो।

२०७७ मा स्थापित नमस्तेपे, नेपाल राष्ट्र बैंक द्वारा अधिकृत र नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको भुक्तानी सेवा प्रदायक हो । त्रिपुरेश्वर, काठमाडौँमा प्रधान कार्यालय रहेको नमस्तेपेले आधुनिक डिजिटल वित्तीय सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ ।

नमस्तेपे, वित्तीय समावेशीकरण र वित्तीय सेवाहरूमा पहुँच सुधार गर्न मद्दत गर्ने उद्देश्यका साथ, बैंक र डिजिटल रूपमा शिक्षित मानिसहरूलाई मात्र नभई बैंकविहीन जनतालाई पनि वास्तविक वित्तीय समावेशीता ल्याउन आधुनिक सेवाहरू प्रदान गरेर क्यासलेस समाज निर्माण गर्न समर्पित छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top