- अनमोल कार्की
रौतहट । नेकपा एमाले मधेस प्रदेशसभाका ससंदीय दलका नेता एवम् पूर्वमन्त्री सरोज यादवले राष्ट्रियताको सवालमा नेकपा एमालेका अध्यक्ष केपी ओली जति मजवुद नेता नेपालमा अरु कोही नभएको दावी गरेका छन् ।
जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तिको अवसरमा रिटर्नी फेडेरेसन नेपाल मधेस प्रदेशको आयोजनामा रौतहटको चन्द्रपुरमा आयोजित प्रशिक्षण तथा उद्यमशिलता बहस कार्यक्रममा बोल्दै यादवले भारतले नाकाबन्दी गर्दा डटेर त्यसको सामना गरेको स्मरण गर्दै नाकाबन्दी नखुलुन्जेल भ्रमण नगर्ने अडान लिएर भारतलाई झुक्न वाध्य बनाएको जिकिर गरे ।
उनले केपी आली नेतृत्वको सरकारले स्पष्ट योजना बनाएर देशमा उद्यमशीलता बढाउन काम गरेको स्मरण गर्दै देशलाई योजनावद्ध विकास एमालेले मात्र गरेको दावी गरे ।
उनले नेकपा एमालेमा मदन भण्डारी जस्ता नेताको सोच भएकाले यसले राम्रोमात्र काम गर्नुपर्नेमा जोड भए ।

उनले नेकपा एमाले मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलिय जनवाद (जबज)को जगमा खडा भएकाले हरेक चुनौतिको डटेर सामना गरेर राष्ट्रहितमा काम गर्ने गरेको जनाउँदै कसैले चाहेर पनि नेकपा एमाले कमजोर नहुने जिकीर गरे ।
अर्को एक प्रसंगमा उनले उद्यमशीलतामा लागेकाहरुलाई नेपालमै प्रशस्त अवसर भएको भन्दै नेपालीले विदेशमा सिकेका ज्ञानहरु स्वदेशमा लगाउँदै देशलाई विकासको पथमा डोर्याउनु पर्नेमा जोड दिए ।

रिटर्नी फेडेरेशनका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सदस्य उद्धव रेग्मी, मधेस प्रदेश उपसचिव आरती भण्डारी, प्रदेश सभासद केशव चौधरी, प्रदेस सदस्यहरु खडक्ग बहादुर बम्जन, प्रेम शंकर यादव, मधेस प्रदेश स्कुल विभागका सदस्य बाबुराम दहाल, क्षेत्रीय कमिटी ४ का संयोजक सुरेन्द्र आचार्य, क्षेत्रीय कमिटी सचिव नागेन्द्र यादव, चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्य लगायतका सहभागिता रहेको फेडेरेसनका केन्द्रिय सचिव तथा मदेश प्रदेश ईन्चार्ज खेम कार्कीले जानकारी दिए ।
कार्यक्रममा फेडेरेसनका केन्द्रीय उपाध्यक्ष विनोद भट्टराई , शालिक बसेल, रामकृष्ण घिमिरे, कोषाध्यक्ष जितेन्द्र बानियाले संगठनात्मक तथा उद्यमशितालाको बारेमा प्रशिक्षण दिएका थिए ।




