
विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् ।
प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले एक बिज्ञप्ति निकालेर सरकार गठनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको बताइएको छ ।