
- सुश्मिता वानिया
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि ‘आर्थिक विद्येयक २०८०’ बहुमतले पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विद्येयकमाथि भएको छलफलले ‘आर्थिक विद्येयक २०८०’ बहुमतले पारित गरेको हो । योसँगै, अब आगामी वर्षको बजेट कार्यन्वयनको बाटो खुलेको छ । त्यस्तै, प्रतिनिधिसभामा ‘राष्ट्र-ऋण उठाउने विद्येयक २०८०’ पनि बहुमतले पारित भएको छ ।
आगामी वर्ष २०८०/०८१ को लागि बजेट कार्यन्वयनको बाटो खुलेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विद्येयकमाथि भएको छलफलले ‘आर्थिक विद्येयक २०८०’ बहुमतले पारित गरेसँगै बजेट कार्यन्वयनको बाटो खुलेको हो । आर्थिक विद्येयक २०८० माथि आएका सबै संशोधनहरु बहुमतले अस्विकृत भएका छन् । प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विद्येयक २०८०’ माथि निर्णायर्थ पारित गरियोस भन्ने पस्ताव पेस गरेका थिए ।
आगामी वर्षका लागि विनियोजन विद्येयक प्रतिनिधिसभाबाट बुधबार नै पारित भइसकेको छ । आर्थिक विद्येयक छलफलमा विद्येयक पारित हुनु पर्छ भन्नेको संख्या धेरै रहेपछि आर्थिक विद्येयक २०८० बहुमतले पारित भएको हो ।
आर्थिक विद्येयक २०८० पारित भएसँगै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरे ।
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’माथि आएका दुइवटै संशोधन प्रस्ताव प्रतिनिधिसभामा बहुमतले अस्किृत भएपछि, प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ बहुमतले पारित गरेको छ ।
सरकारले चालू वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य निर्धारण गरेको छ । भने आगामी बजेटले ४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने प्रस्ताव गरेको छ । पछिल्लो दश वर्षमा यो तीन गुणाले बढेको छ ।