रुद्रजंग बनेर आउँदै सुशील

रुद्रजंग बनेर आउँदै सुशील

नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुँदै आएको सामाजिक सस्पेन्स थ्रीलर टेलिसिरियल सिसा छोटोे समयमै लोकप्रियतातर्पm उन्मुख भएको छ।

हरेक शनिबार बेलुका पौने नौ बजे प्रसारण हुँदै आएको सिरियलले छैटौं सातामै लोकप्रियता पाउन थालेको हो। नारीको अस्मितालाई सिसासँग तुलना गरिएको सिसामा ओम प्रतीक गुरुङ र सुशील देवकोटाको पटकथा÷संवाद रहेको छ भने ओम प्रतीक गुरुङ, नवीन श्रेष्ठ, सुशील देवकोटा, निक्स शर्मा, अमिशा बस्नेत, अनुपमा भण्डारी, जगदीश अधिकारीलगायतका कलाकारको प्रमुख भूमिका रहेको छ। ओम प्रतीक गुरुङ निर्देशक र थ्रील कुमार महर्जन एपिसोड निर्देशक रहेको सिरियलले सुरेश बज्राचार्यले खिचिरहेका छन्।

सिरियलमा पुराना कलाकार तथा लेखक सुशील देवकोटा रुद्रजंग नामको पात्रमा देखिदै छन्। उनी यस सिरियलको मुख्य खलनायक हुन्। सुशीलको इन्ट्री निकै आकर्षक बनाइएको निर्माण पक्षको दाबी रहेको छ। उनको इन्ट्री आगामी एपिसोडबाट हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *