कलाकर्मी र पत्रकारलाई रातामकैको सम्मान

कलाकर्मी र पत्रकारलाई रातामकैको सम्मान

लोकप्रिय हास्य अभिनेता किरण केसी (रातामकै) ले सधैभैंm यसपालि पनि आप्mनो जन्मदिनका अवसरमा आपूmले काम गर्दै आएको हास्यव्यंग्य विधाका कलाकारका साथमा पत्रकारलाई सम्मान गरेका छन्।

किरणले जन्मदिनको अवसर पारेर गत शुक्रबार ललितपुरको इमाडोलस्थित रातामकै चोक अवस्थित इन्द्रेणी पार्टी प्यालेसमा कलाकार, पत्रकार र समाजसेवीलाई सम्मान गर्दै ६६औं जन्मदिन मनाएका हुन्। कार्यक्रममा लोकप्रिय हास्यव्यंग्य कवि शैलेन्द्र सिंखडा, हास्य अभिनेता शिवहरि वैरागी तथा पत्रकार प्रकाश सुवेदीलाई जनही १५ हजार रुपियाँसहित सम्मान गरिएको थियो। त्यसै गरी हास्यकलाकार कैलाश कार्की, समाजसेवी च्यान्टी सुवेदी र मिठू केसीलाई जनही पाँच हजार रुपियाँसहित सम्मान प्रदान गरेका थिए। समारोहमा कलाकार श्याम केसी, मनहरी भण्डारी र शिक्षाविद् सुलभ ढाथोकीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्यको साथमा किरणले सो सम्मान हस्तान्तरण गरेका थिए।

कार्यक्रममा शैलेन्द्र सिंखडाले आफू सम्मानित भएकोमा निकै खुसी लागेको बताए ञफारम भरेर, सिफारिस गरेर र फोटो टाँसेर नेपाल सरकारबाट पाउने सम्मानभन्दा किरण दाइले धेरै ठूलो सम्मान दिनुभएकोमा गौरवान्वित महसुस गरेको छु। यो आत्मीय सम्मान, जसको चिठी पनि आउँदैन पत्र पनि आउँदैन यो दिने मान्छेले पाउने मान्छेलाई बिहान सबेरै खबर गर्नुभएको थियो, उनले हास्यव्यंग्य शैलीमा भने।

पत्रकार प्रकाश सुवेदीले किरण जहिले पनि जोश जाँगर र उत्साहले भरिएको र सबैलाई उस्तै सम्मान दिने बानी रहेको भन्दै जन्मदिनमा कलाकर्मी तथा पत्रकारलाई सम्मान गर्ने परिपाटीको प्रशंसा गरे। अभिनेता केसीले आफ्नो जन्मदिनको अवसरमा हजुरबुबा बडाहाकिम स्व.भोजराज केसी, हजुरआमा हृदय कुमारी केसी, ले.क. स्व दुर्गाबहादगर केसी र आमा स्व. इन्द्रमारी केसीको नाममा कलाक्षेत्रमा योगदान दिने पत्रकार तथा हास्यव्यंग्यकारलाई सम्मान गर्दै आएको बताए।

उनको जन्मदिनको अवसरमा लायन्स क्लबले उनलाई ब्लड ब्रान्ड एम्बेस्डर घोषणा गरेका छ। समारोहमा हास्यकलाकार एवंम गायक यमन श्रेष्ठले हिमालको काखमा छ सुन्दर मेरो गाउँ बोलको गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा दर्जनौं कलाकर्मी एवम सञ्चारकर्मीले दही चिउरा खाँदै किरणको जन्मदिन मनाएका थिए। किरणले करिब तीन दशकदेखि नेपाली कला क्ष्ँेत्रमा सक्रियता राख्दै आएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *