निवृत्त शिक्षक समुदायले मनायो गुरुपूर्णिमा

निवृत्त शिक्षक समुदायले मनायो गुरुपूर्णिमा

पोखरा । निवृत्त शिक्षक समुदाय कास्कीले गुरुपूर्णिमा तथा २१० औं भानु जयन्ती कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तारानाथ गौतम (पाखे) ले भानुभक्तको जीवनीमाथि प्रकाश पारे ।
यस्तै, रामराज रेग्मीले गुरुपूर्णिमाको महत्वबारे चर्चा परिचर्चा गरे । स्वागत नारायण मरासिनी र सञ्चालन सचिव शेषकान्त आचार्यले गरेका थिए ।

सो अवसरमा निवृत्त शिक्षक समुदायका सदस्य नारायणराज घिमिरे, बद्रीनाथ अधिकारी, दामोदर पराजुली, जीवनाथ लामिछाने, ऋषिकेश बराल, डिल्लीराम आचार्य, शुभकुमारी पाण्डे, कृष्णप्रसाद पौडेल, बयानबहादुर कार्की, शोभाखर बराल, शिवप्रसाद सापकोटा, धर्म गिरी, नारायण मरासिनी, प्रेमप्रसाद पौडेल लगायतले कविता वाचन गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top