नक्कली नागरिकता लिएको आरोपमा डाक्नेश्वरी नगरपालिकाकी उपमेयर पक्राउ, श्रीमान फरार

नक्कली नागरिकता लिएको आरोपमा डाक्नेश्वरी नगरपालिकाकी उपमेयर पक्राउ, श्रीमान फरार

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् । भारतीय नागरिक भएको अवस्थामा फर्जी कागजात बनाएर नेपाली नागरिकता लिएको उजुरी परेपछि उनी पक्राउ परेकी हुन् ।

उनीविरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका थिए । उपमेयर मीरासँगै उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

उजुरीमा उपमेयर यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप छ ।

सुरुमा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमाने पनि उच्च अदालत जनकपुरको राजविराज इजलास उक्त मुद्धा पुगेको थियो । र, अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालयले उपमेयर यादव दम्पतीविरुद्ध बल्ल मुद्दा दर्ता गरेको थियो ।

मुद्धा दर्ता भएसँगै उपमेयर यादव पक्राउ परेकी छन् तर उनका श्रीमान महेन्द्र भने फरार छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *