प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस भएको छ : महामन्त्री थापा

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस भएको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस गरेको बताए । प्रधानमन्त्री दाहनलले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताए ।

उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि स्पष्ट पारे।महामन्त्री थापाले आजको बैठकमा जिल्ला सभापतिहरुले आगामी केन्द्रिय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएको बताए ।

बैठकमा जिल्ला सभापतिहरुले नेपाली काँग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुती र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् । पार्टीका नेताहरु भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रुपमा उभिन आग्रह गरेका छन् ।

राष्ट्रियताको सवालमा पनि पार्टीको स्पष्ट धारणा आउनुपर्ने कुरा बैठकमा राखेको महामन्त्री थापाले बताए । पार्टी सभापतिहरुले नेपाली काँग्रेसले देशव्यापी प्रशिक्षण तथा जागरणको अभियान चलाउनुपर्ने सुझाव दिएको बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *