राजनीतिर सामाजिक विद्रोहमा ऐंचो पैंचो

राजनीतिर सामाजिक विद्रोहमा ऐंचो पैंचो

निर्मात्री कृषाचौलागाईंको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म ऐंचो पैंचोको टिजर सार्वजनिकगरिएको छ।

आगामी भाद्र १४ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मको शुक्रबार डिजिटल बजारबाट टिजर रिलिज गरिएको हो। ५८ सेकेन्डको टिजरमा राजनीति, सामाजिक विद्रोह र प्रेम रोमान्सका दृश्य प्रस्तुत गरी फिल्मबारे कौतुहलता देखाइएको छ।

केपी फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा मुकुन भुसााल, स्वस्तिमा खड्का, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतका कलाकारले अभिनय गरको छन्।

प्रितम लामिछाने र आध्या लामिछानेको निर्माणमा निर्माणाधीन फिल्ममा अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोको कलर, सत्यम राणाको भीएफएक्स, मुकेश शाहको साउन्ड डिजाइन, पुरुषोत्तम प्रधानको छायांकन तथा विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *