
२८ फाल्गुन / यदुवंशी युवा समाज रुपन्देहीको आयोजनामा आज ५१ युनिट रक्तदान गरिएको छ । रोहिणी गाउँपालिका ३ धकधईमा आयोजित बृहत रक्तदान तथा होली मिलन कार्यक्रम यदुवंशी युवा समाज का अध्यक्ष डा.रणधीर यादवको अध्यक्षता तथा समाजसेवी युवा नेता विद्या प्रसाद यादवको मुख्य अतिथ्यता, अग्नी शक्ति यादवको स्वागत मन्तव्य, रकेश यादवको संचालनमा समपन्न भएको कार्यक्रमको संयोजन यदुवंशी युवा समाजको सहसचिव दिनेश यादवले गरेका थिए। उक्त कार्यक्रम मा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव लगायत सो समाजका युवाहरूको सहयोगमा ५१ युनिट रक्त संकलन गर्नुको साथै सहभागीहरु बीच होली मिलन शुभकामना आदानप्रदान गरिएको यदुवंशी युवा समाज रुपन्देहीले बताएको छ ।




