के अर्थतन्त्र सुध्रिएको हो ?

के अर्थतन्त्र सुध्रिएको हो ?

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक ग¥यो । जसमा अर्थतन्त्रका केहि बाह्य सुचकहरु सुध्रिएको देखिन्छ ।

केन्द्रिय बैंकको तथ्याङ्क अनुसार आयात तथा महँगी घटेको, मूल्य वृद्धिदर ६.८३ प्रतिशतमा कायम भएको, रेमिट्यान्स २२.७ प्रतिशतले बढेको र शोधनान्तर स्थिति २ खर्ब २९ अर्बले बचतमा रहेको छ । के अब, अर्थतन्त्र सुरक्षित बनेको हो त ?

नेपाल राष्ट्र« बैंकको ११ महिनाको प्रतिवेदन अनुसार विदेशी विनिमय मुद्रा सञ्चिति ९ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थामा रहेको छ ।

गत असारको तुलनामा २१.८ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको ११ महिनामा २ खर्ब ६९ अर्ब रुपैयाँले घाटामा रहेको शोधान्नतर स्थिती चालू वर्षको ११ महिनामा २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा छ ।

यद्यपी, चालु खाता भने अझै घाटाकै स्थितिमा छ । जेठ मसान्तसम्म चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ ।

अर्थतन्त्रका बाह्य क्षेत्रका प्रमुख सूचकहरू सुधारोन्मुख देखिएपनि केही सूचकहरू चिन्ताजनक नै रहेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३५ करोडमा सीमित भएको छ ।

गत आर्थिक वर्षको यो अवधिमा १७ अर्ब ३५ करोडको लगानी प्रतिबद्धता आएको थियो । सरकार र राष्ट्र बैंकले लगानी गर्ने थुप्रै आयोजनाहरु हुँदा पनि विदेशी लगानी नआउनुको कारण खोज्नुपर्ने जानकारहरुको भनाई छ ।

वार्षिक ठूलो धनराशी आयातमा खर्चिने भएका कारण पनि देशको आर्थिक सन्तुलन कायम राख्न पनि विदेशी लगानी आवश्यक छ ।

धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन नेपालले धेरै नीतिगत र संरचनात्मक सुधार गर्नुपर्ने अर्थविद्हरुको सुझाव छ ।

त्यसबाहेक स्वदेशी लगानीकर्ताले लगानी विस्तार गर्ने वातावरण निर्माण गर्नु पनि आर्थिक सन्तुलन ठीक राख्ने गर्नै पर्ने मुख्य काम हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *