जानकी माविमा वन विज्ञानको पढाइ

जानकी माविमा वन विज्ञानको पढाइ

पोखरा । जानकी मावि, महतगौंडामा तीनवर्षे वन विज्ञानको पढाइ सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत वर्षदेखि पढाइ सञ्चालन गरिएको हो ।

पहिलो वर्षमा १६ विद्यार्थीले पढिरहेका छन् । वन विज्ञान संयोजक शंकर भण्डारीका अनुसार पढाइ प्रभावकारी र गुणस्तर बनाउन पोखरा महानगरपालिकाको २२ लाख ५० हजार रुपैयाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको छ ।

तीनवर्षे डिप्लोमा तहको उक्त पढाइका लागि प्रतिविद्यार्थीबाट १ लाख २५ हजार शुल्क लाग्छ ।
प्रवेश परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने १ विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय एवं पोखरा महानगर, सिटिइभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको भण्डारीले बताए ।

वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ । विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर कायम गर्दै प्राविधिक विषयको पढाइलाई जोड दिँदै आएको बताए । अनुसार विद्यालयमा भने कुल ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

रुचि भएर पनि पायक पर्ने स्थानमा कक्षा सञ्चालन नहुँदा प्राविधिक शिक्षा पढ्न वञ्चित विद्यार्थीका लागि यो सामुदायिक विद्यालय वरदान सावित भएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top