भीषण बाढी कारण कोरियामा  ७ जनाको मृत्यु, तीन जना बेपत्ता

भीषण बाढी कारण कोरियामा ७ जनाको मृत्यु, तीन जना बेपत्ता

काठमाडौं ।

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण ७ जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।

पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भू-भाग डुबानमा परेका छन् । स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका ६ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन् । भारी वर्षाका कारण दक्षिण कोरियाको रेल सेवा पनि प्रभावित भएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *