नेपाली काँग्रेस नुवाकोटकाे कार्यकर्ता भेला सम्पन्न

नेपाली काँग्रेस नुवाकोटकाे कार्यकर्ता भेला सम्पन्न

काठमाडाैँ । नेपाली काँग्रेस नुवाकोटका कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस नुवाकोटका नेता तथा कार्यकर्ताले बसुन्धराको दियालो फुडल्याण्डमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बिपी स्मृति दिवसको सन्दर्भमा बिपीलाई सम्झँदै उक्त भेला सम्पन्न गरिएकाे हाे ।

बिपीको मेलमिलापको नीतिमा सबै रहनु नै सच्चा काँग्रेस भएको भेलामा सहभागी नेताहरुले बताए ।

कार्यक्रममा पूर्व जिल्ला सभापति, जिल्ला स्तरीय नेताहरु, क्षेत्रीय तथा प्रदेशका प्रत्यासी नेताहरु र स्थानीय तहका नेताहरुको बाक्लो उपस्थिति थियो । नेता कृष्ण कुइँकेलले चियापान कार्यक्रममा उपस्थित नेता एंव कार्यकर्ताहरूकाे स्वागत गर्दै कार्यक्रम शुरुवात गरेका थिए ।

बिपीलाई स्मरण गर्दै नेता ध्रुब अधिकारीले नुवाकोटमा काँग्रेस नेताहरुले बिपीको अनुशरण गर्न छाड्दै गएको र पार्टी पनि कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

भेलामा नेताहरु बाबुकाजी पाठक,राम प्रसाद अधिकारी,राधाकृष्ण थापा, पदम राज पौडेल, जिल्ला कार्यसमिती सचिव यादब नेपाल, क्षेत्रीय सचिव नित्यराज ढुङ्गाना,प्रदेश ख सचिब जगदिश कुइकेल प्रदेश ख नेता ऋषि कुमार तामाङ्ग लगायतको उपस्थिति थियो ।

त्यस्तै क्षेत्रीय सभापतिका प्रत्यासी नेता बिषम रिमालले काँग्रेसलाई मजबुत बनाउन नेता तथा कार्यकर्ता साथीहरु सङ्ग समय सन्दर्भ बेला बेलामा चियापान तथा भेटभाट गरदै आइरहेकाे बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *