बीएमडब्लूको इलेक्ट्रिक कार एसएभी ‘आईएक्स-३’ नेपालमा

बीएमडब्लूको इलेक्ट्रिक कार एसएभी ‘आईएक्स-३’ नेपालमा

काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स-३ नेपाल ल्याएको हो ।

बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कुरामा हामी विश्वस्त छौं ।

हामीले नेपालमा विगत ३ वर्षदेखि बीएमडब्लूका प्रिमियम उत्पादन बिक्री गर्दै आएका छौं । नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै सून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको माग बमोजिम अल–इलेक्ट्रीक एसएभी आईएक्स–३ सार्वजनिक गरेका हौं ।

निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परिक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा सून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।
यात्रालाई अस्मिरणीय बनाउन म्यूजिकको लागि १६ वटा स्पीकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिन्छ ।

पानारोमीक ग्लास रुफको प्रयोग गरिएको कारण दिन र रातको समयमा खुल्ला आकासको दृश्यावलोकन गर्न सकिने छ । त्यसले कारलाई थप लक्जरी बनाएको छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बीयन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउने छ ।

भित्र जति सुन्दर क्याविन छ, बाहिर पनि आईएक्स–३ त्यति नै सुन्दर छ । स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामीक ह्वील पाउन सकिन्छ ।

बीएमडब्लू अटोमोटीभ क्षेत्रमा पृथ्क र नविन उत्पादनको लागि परिचित र अग्रणी कम्पनी हो । आफ्ना प्रत्येक उत्पादनमा दिगो इको सिस्टम निर्माण, असाधारण ड्राइभिङ्ग अनुभव प्रदान र वातावरणीय फुटप्रिन्टमा आफुलाई अब्बल बनाउँदै आएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *