मह जोडी सिक्किममा हास्य सम्राट उपाधिबाट अभिनन्दित

मह जोडी सिक्किममा हास्य सम्राट उपाधिबाट अभिनन्दित

ख्यातिप्राप्त हास्यव्यग्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सिक्किमको गान्तोकमा अभिनन्दित भएका छन्।

मह जोडीलाई नेपाली साहित्य परिषद् सिक्किमले भानुजयन्तीको अवसर पारेर गान्तोकमा आयोजित एक विशेष समारोहबीच अभिनन्दन गरेको हो। मह जोडीलाई हास्य विधाका महास्रमाट र अद्वितीय व्यक्तित्वको उपाधिका साथ विशेष सम्मानपत्र, फूलमाला र दोसल्ला ओढाएर सिक्किम सरकारका, सभामुख, मन्त्री सोनाम लामा, मुख्यमन्त्री पीएस तामाङका राजनीतिक सल्लाहकार ज्याकव खालिङ, नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुंगेललगायतले अभिनन्दन गरेका हुन्।

तीन चरणमा आयोजना गरिएको भानुजयन्ती समारोहको पहिलो चरणमा मुख्यमन्त्री पीएस तामाङले महजोडीलाई खादा ओढाएर सम्मान अर्पण गरेका थिए। तेस्रो चरणको कार्यक्रममा मह जोडीले गीत गाएर कार्यक्रमका सहभागी दर्शकलाई भरपूर मनोञ्जन प्रदान गरेका थिए।

समारोहमा नेपालबाट पुगेकी गायिका मिलन नेवारले मदनकृष्णलाई गायनमा सघाएकी थिइन्। त्यसैगरी मदनकृष्ण पुत्र यमन श्रेष्ठ र हरिवंश पुत्र मोहितवंश आचार्यको प्रस्तुतिलाई पनि दर्शकले रुचाएका थिए। सिक्किमले हरेक वर्ष एक विशेष र भव्य समारोहका रुपमा भानुजयन्ती मनाउँदै आएको छ।

सिक्किममा यो दिवस राज्य दिवसका रुपमा मनाउने गरिन्छ। उक्त अवसरमा भारतका अन्य राज्यबाट विशिष्ट साहित्यकार र सर्जक सहभागी भउका थिए। भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको सिक्किमको प्रतिष्ठित पुरस्कार यो वर्ष सिक्किमका वरिष्ठ साहित्यकार थिप्रसाद नेपाललाई प्रदान गरिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *