सलोन र केकीका साथ जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि

सलोन र केकीका साथ जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि

निर्माता निर्देशक शोभित बस्नेतकको प्रस्तुतिमा निर्माणाधीन फिल्म जय होको पहिलो गीत सोमबार राजधानीमा आयोजित समारोहका बीच सार्वजनिक गरिएको छ।

फिल्ममा समावेश जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना र संगीत तथा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो पक्ष उत्कृष्ट बनेको छ। कविराजले कोरस कलाकारलाई हिमाल भेषभूषा र त्यहाँको रहनसहनमा प्रस्तुत गरेर गीतको भिडियोलाई फरक र नयाँरुप दिएका छन्। उनको कोरियोग्राफीमा पहिलोपटक अर्पण थापालाई पनि डान्सिङ स्ेटपमा हेर्न पाईन्छ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन्। टेक पौरखी राईको निर्देशनमा निर्माणाधीन फिल्ममा प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारले पनि अभिनय गरेका छन्।

सुरेश न्यौपानेको कथा लेखन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्म मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको छ। कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्म राज के अधिकारी र सुरज सरकारले निर्माण गरेका हुन्। आगामी भाद्र ८ गते रिलिज हुने फिल्म उपत्यकामा डीसीएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *