रणवीर र आलियाप्रति कंगनाको कटाक्ष

रणवीर र आलियाप्रति कंगनाको कटाक्ष

विभिन्न कारणले चर्चा र विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनावतले फेरि एकपटक आफ्नो भनाइका कारण चर्चामा आएकी छन्।
हालै कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत एक पोस्ट सेयर गर्दै बलिउड जोडी रणवीर कपुर तथा आलिया भद्मलाई नक्कली जोडी भएको आरोप लगाएकी छन्। कंगनाले नाम नलिई रणवीर र आलियालाई संकेत गर्दै उनीहरुले फिल्म प्रचारका लागि विवाहको नाटक गरेको आरोप लगाउँदै भनेकी छिन्, ञजो अलग अलगै बस्छन् र पनि जोडी भएको नाटक गरिरहेका छन्। यी फर्जी जोडीले बन्दै नबन्ने फिल्मको घोषणाको नाटक पनि गरिरहेका छन्।

कंगनाले हालै रणवीर कपुर, आलिया र आफ्नी छोरीलाई नलिई आफ्नी आमा नितु कपुरलाई सरप्राइज दिन लण्डन पुगेको प्रसंग निकाल्दै भनेकी छिन् फर्जी जोडीको परिवारबाट हालै एक पारिवारिक यात्रामा पनि पत्नी र छोरीलाई वञ्चित गरिएको थियो। जबकि, तथाकथित पति भने मसँग भेट्न भिख तथा गुहार मागिरहेका थिए। कंगना आफ्नो स्टोरीमा यतिमा मात्र रोकिएकी छैनन्। उनले थप लेखेकी छिन्, ञजब कोही मायाको लागि नभई पैसा र प्रचारको लागि विवाह गर्छन्, तब यस्तो भइरहन्छ। रणवीरको पितालाई फिल्म माफिया भन्दै उनले लेखेकी छन् माफिया पिताको दबाबमा विवाह गर्ने ती अभिनेतालाई पापाकी परिसँग विवाह गरेपछि तीनओटा फिल्मका सिरिजमा खेलाउने दाबी गरिएको थियो। अब भने ती अभिनेता नक्कली विवाहबाट छुट्कारा पाउने कोशिस गरिरहेका छन्। तर, दुःखको कुरा यो हो कि, यो भारत हो र यहाँ एकपटक विवाह भएपछि सकियो। अब सुध्रिनुहोला।

कंगनाको यो पोस्ट सामाजिक सञ्जालमा चर्चा र विवादको विषय बनिरहेको छ। बलिउडमा नातावाद र कृपावाद हाबी भएका कारण आफू जस्तो कलाकारलाई अघि बढ्न बढी संघर्ष गर्नुपरेको बताउँदै आएकी कंगना बेला बेला बलिउड स्टार किड्सको विरोधमा बोल्ने गर्छिन्। जसका कारण उनी कहिले चर्चा त कहिलो विरोध झेलिरहेकी हुन्छिन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *