नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता किन अनिच्छुक ?

नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता किन अनिच्छुक ?

  • गणेशमान बसेल

काठमाडौँ । नेपालमा वैदेशीक लगानी भित्र्याउने प्रचुर संभावना हुँदा हुँदैपनि पछिल्लो समय विदेशी लगानीकर्ताहरु लगानी गर्न हच्किएका छन् । सरकारले विदेशी लगानी भित्र्याएर मुलुकको आर्थिक क्षेत्रलाई गति दिन नीतिगत रुपमा विभिन्न योजनाहरु अघि सारेको भएपनि व्यवहारीक रुपमा प्रभावकारी हुन सकेको छैन । संसारका धेरैजसो विकसित मुलुकहरुमा वैदेशीक लगानीलाई मजबुत अर्थतन्त्रको खम्बाका रुपमा लिइने गरेको भएपनि नेपालमा लगानीकर्तालाई आकर्षित गर्ने गरी सरकारले ठोस कदम चाल्न नसकेको विश्लेषक गरिएका छन् ।

नेपालजस्तो विकासोन्मुख देशका लागि वैदेशिक लगानी अति आवश्यक हुन्छ । नेपालको आर्थिक–सामाजिक विकासका लागि अधिक मात्रामा पुँजीको अभाव हुने भएकाले विकासका पूर्वाधार निर्माण गर्नका लागि सरकारले मात्रै आवस्यक पुँजी लगानी गर्न नसक्ने भएकाले विदेशी लगानी ल्याउन निक्कै आवस्यक छ । तर, पछिल्लो समय नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरु उत्साहित देखिएका छैनन् । उद्योग विभागकाअनुसार गत आव ०७९/८० मा ३८ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले विदेश लगानी प्रतिबद्धता खुम्चिएको छ । नेपालमा अघिल्लो आ व २०७८/७९ मा ४९ अर्ब ४३ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । नेपालका औद्योगीक क्षेत्रमा लगानी गर्ने थुप्रै संभावनाहरु हुँदा हुँदै पनि विदेशी लगानीकर्ताहरु लगानी गर्न अनिच्छुक देखिनुमा मुलुकभित्र लगानीमैत्री वातावरण नभएको विश्लेषण हुन थालेको छ ।

नेपालमा गत आव ०७९/८० मा ३२७ वटा उद्योग तथा कम्पनीमा विदेशी लगानी प्रतिवद्धता आएको देखिन्छ । जुन अघिल्लो आव २०७८/७९ मा २९६ उद्योगले विदेशी लगानी ल्याउने प्रतिवद्धता गरेका थिए । यसमा गत वर्ष संख्याको आधारमा वैदेशिक लगानी प्रतिवद्धता ल्याउने उद्योगको संख्या बढेको भएपनि रकम घटेको छ । नेपालको आर्थिक क्षेत्र कोभिडका कारण थला पर्नु, रसिया–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा मन्दी छाउनु, नेपाल भित्रकै नितिगत तथा कानुनि झन्झटीला प्रावधान, सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभुति दिलाउन नसक्नु लगायतका कारण विदेशी लगानीकर्ताको लगानी गर्ने क्षमता खुम्चिएको विश्लेषकहरु बताउँछन् । त्यस्तै आर्थिक स्थिरता, वित्तीय सन्तुलन, राजनीतिक स्थिरता, सकारात्मक सामाजिक परिसूचकहरू, सुशासन, लगानीमैत्री पूर्वाधार लगायतको उचित व्यवस्थापन हुन नसक्दा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरु तयार नभएको अर्थविद् डा.चन्द्रमणी अधिकारीको भनाई छ ।

नेपालमा हालसम्मको वैदेशीक लगानी प्रतिवद्धता ४ खर्ब ५६ अर्ब ३८ करोड १० लाख रुपैयाँ पुगेको छ । यद्यपी सरकारले वैदेशीक लगानी बढाउन समय–समयमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुधारका केही प्रयासहरू गरेको भएपनि तिनको कार्यान्वयन पक्ष निक्कै फितलो हुँदा लगानी घटेको जानकारहरु बताउँछन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *