
काठमाडाैँ । लघुवित्त पीडितहरुले राष्ट्र बैंक घेराउ गरेका छन् । सामान्य ऋण लिएकै आधारमा लघुवित्त संस्थाहरुले आफ्नो घरमा आएर यातना दिने, गाली गलौज गर्ने, टोल समाजमा बेइजत गर्ने, लगायत मान्छे मार्नेसम्मकै धम्कि दिएको भन्दै पीडितहरुले सनिबार राष्ट्र« बैंक घेराउ गरेका हुन् । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले नेपालले हज्जारौँ लघुवित्त पीडितहरुलाई सडकमा उतार्दै काठमाडौँको माइतीघर मण्डंला देखि बालुवाटरसम्म विरोध र्याली निकालेको छ । यस्तै, आफुहरुको सामान्य ऋण तिर्न बाँकी रहँदाको अवस्थामा लघुवित्त संस्थाहरुले घरबाट सामानहरु उठाउने, खसी बाख्रा डोराउने जग्गाको लालपुर्जा राख्ने र समाजकै अगाडी गाली ब्यजत गर्नेसम्मको अमानविय ब्यवहार गरेको भन्दै सरकारले तत्काल उनिहरुलाई न्याय दिलाउन पर्ने संघर्ष समितिको भनाई छ । यस अघिदेखी नै राजधानीमा पिडितहरुले आफुहरु लघुवित्त संस्थाबाट ठगिएको भन्दै विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएका थिए ।
भन्सार कर सच्याउन माग
कांग्रेसकै नेता तथा पुर्व मन्त्री देबेन्द्रराज कँडेलले भारतीय बजारमा खरिद गरेको सय रुपैयाँ भन्दा बढीको सामानमा कर लगाउने सरकारको नीति अव्यवहारिक र विभेदकारी भएको भन्दै विरोध जनाएका छन् । शनिबार पुर्व मन्त्री कँडेलसहितको टोलिले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बझाउदै सरकारले साउन एक गते देखि लागू गरेको उक्त नीति सच्याउन माग गरेको छ । कँडेलले सरकारको भन्सार नीति देशका अन्तर्राष्ट्रिय सीमा तथा एयरपोर्टमा लागू नभएको तर भारतीय सीमा जोडिएका मधेश क्षेत्रमा मात्र लागू स्थानिय निक्कै मारमा परेको भन्दै गम्भिर आप्पत्ति जनाएका छन् । यस्तै, अर्थमन्त्री महतले आवस्यकताअनुसार सरकारले जारी गरेको उक्त नीति पुनरावलोकन गर्न सकिने जनाएका छन् ।
कोरियन भाषा परीक्षाको आवेदन खुला
अब दक्षिण कोरियामा पाँच वर्षसम्म वैधानिक रुपमा काम गरेर फर्किएका नेपाली कामदारले पुनः भाषा परीक्षाको आवेदन दिन पाउने भएका छन् । कोरियामा काम गरेर फर्किएकाले यहि साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्ने वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । उक्त भाषा परीक्षा आगामी भदौ १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने र नतिजा प्रकाशन असोज ३ गते हुने विभागको भनाई छ । यस्तै, इपिएस कोरिया शाखाले एक सूचना प्रकाशित गर्दै नेपाल र कोरिया सरकारबीच भएको समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तरिकाले नेपाल फर्केका नेपालीलाई पुनः कामदारको रूपमा पठाउने बाटो खुला गरीएको जनाएको छ । केही समय अघि कोरियाबाट फर्किएर आएकाले आफूले कोरिया जान नपाएको भन्दै आन्दोलन गरेका थिए ।
दराजको ७०% सम्मको मेगा डिल र मेगा गिवअवे
दराजले ७०% सम्मको मेगा डिल र मेगा गिवअवे सहितको ‘महाबचत बजार’ को औपचारिक घोषणा गरेको छ । २०२३ कालागि आफ्नो वार्षिक अभियान ‘महाबचत बजार’ को औपचारिक घोषणा गर्दै उक्त अभियानमा दराजले ७० प्रतिशतसम्म छुटको मेगा डिल अफर ल्याएको जनाएको छ । यस्तै, दराजले अनलाइन सपिङमा अफरहरुको साथ झन्झटरहित सपिङ्ग , सामान डेलिभरी र अन्य थुप्रै सेवाहरु ल्याएको बताएको छ । उक्त उद्देश्यलाई प्राथमिकता राख्दै ई–सेवा, आईएमइपे र अन्य बैंकहरु मार्फत प्रि–पेमेन्ट्को पनि व्यवस्था गरेको दराजको दाबी छ । जसमा ग्राहकहरुले अधिकतम १० प्रतिशतसम्मको छुटमा एक हजार रुपैयाँ र १५ प्रतिशतसम्मको छुटमा १५ सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने जनाएको छ ।
विवाद सुल्झाउन बैठक
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे नेपाल–भारतका संयुक्त विज्ञ समूहले छलफल गरेका छन् । भारतको नयाँदिल्लीमा नेपाल–भारत संयुक्त विज्ञ समूहले ६ हजार चार सय ८० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा भएका विवाद तथा असहमतिलाई समाधान गर्न छलफल गरेका हुन् । गत २१ र २२ असारमा पोखरामा सम्पन्न पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी)को बैठकले १० दिनभित्र विज्ञ समूहको बैठक राख्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपाल–भारत संयुक्त विज्ञ समूहको बैठक आयोजना गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको तर्फबाट सहसचिव मधुप्रसाद भेटुवालले नेतृत्व गरेको मन्त्रालयले उल्लेख गरेको छ ।