चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टीभित्रकै मान्छे लागिपरेको भन्दै गुनासो गरेका छन् ।

आईतवार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टीभित्रकै मान्छेहरु लागिपरेको बताएका हुन् । उनले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेको गुनासो गरे ।

चौधरीले विरोधीलाई जिताउनका लागि पार्टीभित्रकै मान्छेहरु लागिपरेको भन्दै आफूले प्रमाणसहित अनुशासन आयोगमा पेस गरेको बताए । आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न सकिएन भने आगमी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उनको भनाई छ ।

‘निर्वाचनको क्रममा टिकट पाउने बित्तिकै समग्र पार्टी, पार्टीका स्थानीय नेतागण, विभिन्न टिकटका प्रत्यासी सबैले पार्टीको संरचना, पार्टीको संस्कार, पार्टीको चरित्र बमोजिम एक ठाउँमा उभिएलान्, सहयोग गर्लान् भन्नुको साटो कसरी अब यसलाई सिध्याउने हो भन्नेमा लागेको मेरो अनुभुति भयो,’ उनले भने, ‘मलाई लाग्छ धेरैले यस्तो अनुभुति गरेको हुनुपर्छ । खाली निर्वाचनमा हराउने मात्र होइन, बिरोधीलाई कसरी जिताउने भन्नेसम्ममा लागेका प्रत्यक्ष प्रमाणहरु सार्वजनिक छन् । त्यसलाई पार्टीको अनुशासन निकायमा राखिएको छ । यदी पार्टीलाई, पार्टीको सिस्टमलाई, आफ्ना आन्तरिक विवाद र फरकका बाबजुद पनि आफ्ना आकांक्षा पुरा नहुँदा पनि एउटै सुत्रमा बाँध्न सकिएन भने भोलिका दिनमा पनि, जुन प्रकारको परिस्थिति बन्दैछ आगामी दिनहरुमा, नामै नसुनेका मान्छेहरु, मेरो आफ्नै क्षेत्रमा पनि मैले दशौँ हजारको भोट पाएका मान्छेहरु समेत फेस गरेँ । यो गम्भिर समस्या हो । पार्टीले यो संस्कारको विकास गर्नै पर्दछ र त्यस्ता मानसिकता बोकेका मान्छेहरुलाई पन्छाउनै पर्दछ ।’

उनले नयाँ राजनीतिक दलहरुले जस्तै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्ने र जनताको मुद्दाहरु उठाउनुपर्ने पनि बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *