नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज छैटौँ दिन केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

यसअघि केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका थिए ।

अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका थिए । कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको अधिकांश नेताले बताएका थिए ।

प्रदेश सभापतिहरूले पनि प्रदेश समितिलाई बेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको गुनासो गरका थिए ।

केही सदस्यले गठबन्धनको समर्थन गरेका थिए भने केहीले चुनावअघिको गठबन्धन आवश्यक नरहेको बताएका थिए ।

बैठकमा संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाँणको बचाउ गर्दै आएको छ भने इतर समूहले त्यसको विरोध गर्दै आएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *