शर्लिन प्रेमीको स्वार्थबाट सतर्क

शर्लिन प्रेमीको स्वार्थबाट सतर्क

बलिउड अभिनेत्री शर्लिन चोपडाले केही बलिउड फिल्ममा राम्रो काम गरेकी छिन्। तर, शर्लिन फिल्मभन्दा पनि आफ्नो कामुकताका कारण बलिउडमा बेलाबेलामा चर्चामा आउँछिन्।

हालै शर्लिनले आफ्नो प्रेम सम्बन्धबारे पूर्वप्रेमीको बारेमा मुख खोलेकी छिन्। उनले नाम नलिई आफ्नो पूर्व प्रेमीकोे प्रेमभन्दा पनि स्वार्थ पूरा गर्ने प्रवृत्ति भएका कारण ब्रेक अप भएको बताएकी हुन्।

मेरो पूर्व प्रेमी एक राजनीतिज्ञका छोरा थिए। अहिले उनी पनि राजनीतिज्ञ बनिसके। तर, जुन बेला मसँग प्रेम सम्बन्धमा थिए, त्यो बेला उनी मसँग मायाको नाटक गरी आफ्नो शारीरिक स्वार्थ पूरा गर्न चाहन्थे। उनी शारीरिक सम्बन्ध बनाउन सजिलो होस् भनेर मलाई उपहारहरु ल्याइदिन्थे।

उनी मलाई प्रयोग गर्न चाहन्छन् भन्ने कुरामा सतर्क थिएँ, शर्लिनले खुलासा गरेकी छन्। शर्लिनले आफू कयौं पटक कास्टिङ काउचको पनि शिकार भएको बताएकी छिन्। सगै काम गरेका कयौं निर्देशक मेरो नजिक आउन चाहन्थे। साथै, कयौं अभिनेता तथा निर्देशकले गलत नियतले डिनरका लागि अफर गर्थे। तर, उनीहरुको नियत खराब छ भन्ने लागेकाले म उनीहरुबाट टाढै रहने गर्थें, उनले खुलाएकी छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *